अवकासप्राप्त प्रहरी सहायक निरीक्षकको नक्कली प्रमाणपत्र, मुद्धा दायर

Image

 महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ, काठमाडौंमा कार्यरत तत्कालीन प्रहरी सहायक निरीक्षक चक्रदेव भट्टको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टले प्रहरी हवल्दारबाट सहायक निरिक्षकमा बढुवा प्रयोजनका लागि भारतको दिल्लीमा अध्ययन गरेको भन्दै नक्कली प्रमाणपत्र पेश गरेको पाइएको उल्लेख गरेको छ ।

अख्तियारले २०५० चैत्र २० गते नियुक्ति लिएर सहायक निरिक्षकसम्म पदोन्नती हुदै हाल निवृतभरणसहितको हैसियत, लाभ र सुबिधा लिएर भ्रष्टाचारजन्य काम गरेको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।