जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरबाट पक्राउ

Image

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरको कटारी नगरपालिका-४ गवुवा बस्ने ३० वर्षीय अजय तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

अजयले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।