गृहमन्त्री ओमप्रकाश अर्याल सँग संयुक्त राष्ट्र संघ नेपाल का आवासीय संयोजक लीला पिटर्स याहिया ले शिष्टाचार भेट गरेकी छन् ।
गृह मन्त्रालयमा सोमबार भएको भेटमा गृहमन्त्री अर्यालले शासकीय सुधार, जलवायु परिवर्तन तथा स्थानीय तहहरूको क्षमता अभिवृद्धिलगायत क्षेत्रमा संयुक्त राष्ट्रसंघले नेपाललाई पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे । उनले आगामी दिनमा संयुक्त राष्ट्रसंघसँगको सहकार्य अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।
भेटका क्रममा मन्त्री अर्यालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै शान्ति–सुरक्षा कायम गरी भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सम्पन्न गर्न सरकार तीव्र रूपमा लागिरहेको बताए । लोकतन्त्रलाई संस्थागत गर्ने दिशामा सरकारले आवश्यक तयारी अघि बढाएको उनको भनाइ थियो ।
सो अवसरमा आवासीय संयोजक याहियाले नेपाल सरकारसँगको सहकार्यलाई निरन्तरता दिइने बताउँदै नेपालमा लागुऔषध नियन्त्रण, सीमा सुरक्षा र मानव बेचबिखन नियन्त्रणलगायत क्षेत्रमा थप सहयोग र सहकार्य विस्तार गर्ने विषयमा चासो व्यक्त गरेकी थिइन् ।















