निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेकपा बहुमतका महासचिव धर्मेन्द्र वास्तोला तत्काल रिहा नहुने भएका छन्। सर्वोच्च अदालतले उनको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्दै तत्काल रिहा गर्न आदेश दिन अस्वीकार गरेको हो।
सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले सोमबार कारण देखाउ आदेश मात्रै जारी गरेको हो। अब गृह मन्त्रालयसहितका विपक्षीले बस्तोला पक्राउ गर्नुको कारण पेस गर्नुपर्छ।
फागुन २१ गतेका लागि तोकिएको निर्वाचन बहिस्कार गरेको पार्टीले निर्वाचन ब्थिोल्ने गतिविधि समेत अगाडी बढाएको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको थियो। तर गैरकानुनी रुपमा थुनामा राखिएको दाबि गर्दै उनले सर्वोच्चमा बन्दी निवेदन दिएका थिए।















