लागुऔषधसहित देशका विभिन्न स्थानबाट आठ जना पक्राउ

Image

देशका विभिन्न स्थानबाट अवैध लागुऔषध र चिकित्सकीय औषधिसहित आठ जना पक्राउ परेका छन्।

नेपाल प्रहरी का अनुसार शनिबार गस्तीमा खटिएको प्रहरी टोलीले मोरङ, दाङ, कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मोरङको पथरी शनिश्चरे नगरपालिका–८ मङगलबारेबाट मानबहादुर दर्जीसहित तीन जना पक्राउ परेका छन्। त्यस्तै दाङको घोराही उपमहानगरपालिका–१४ स्थित न्यु मनकामना गेष्ट हाउसबाट ब्राउनसुगर जस्तो देखिने अवैध लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट स्थानीय २३ वर्षीय अमन रानासहित दुई जना पक्राउ परेका छन् भने कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्याउले चोकबाट खैरो हेरोइन जस्तो देखिने लागुऔषधसहित २५ वर्षीय कुवेर शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।