चैतका लागि बैंकहरूले घटाए ब्याजदर, कुनको कति ?

काठमाडौं । वाणिज्य बैैंकले चैत महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । फागुनको तुलनामा धेरै बैंकले ब्याजदर चैतमा घटाएका छन् । बैंकहरुले प्रकाशित गरेको ब्याजदर अनुसार फागुनको तुलनामा औषतमा चैतमा ब्याजदर ६.५७ प्रतिशतले बढाएको छ । फागुनमा बैंकहरुको ब्याजदर औषतमा ७.७५ प्रतिशत रहेको थियो । चैतमा ७.२४ प्रतिशत रहेको छ ।

१७ वटा बैंकले ब्याजदर घटाउँदा २ वटाको स्थिर रहेको छ भने एनआईसी एशिया बैंकको भने बढेको छ । एनआईसी एशिया बैंकको ब्याजदर फागु्नमा ८ प्रतिशत रहेको थियो । चैत भने फागुनको तुलनामा ६.७५ प्रतिशतले बढेर ८.५४ प्रतिशत पुगेको छ । प्रभु बैंक र ग्लोबल आइएमई बैंकले भने फागुनको ब्याजदरलाई नै चैतमा पनि कायम गरेका छन् ।

फागुनमा प्रभुको ७.५ र ग्लोबलको ७.६ प्रतिशत ब्याज रहेको थियो । चैतमा पनि यही नै कायम हुने छ । बैंकले अपेक्षा अनुसार कर्जा प्रवाह गर्न नसक्दा निक्षेपको ब्याजदर सस्तो हुँदै गएको छ । निक्षेपमा सबैभन्दा न्यून ब्याजदर कृषि विकास बैंकको रहेको छ । चैतमा बैंकको ब्याजदर ५.६६ प्रतिशत रहेको छ ।

बैंक फागुनको ब्याजदरचैतको ब्याजदर
कृषि विकास बैंक६.४४३५.६६
एभरेष्ट बैंक८६.५
नेपाल बैंक७.२५७
लक्ष्मी सनराइज बैंक८७.५
माछापुच्छ्रे बैंक८७.७५
एनआईसी एसिया बैंक८८.५४८
प्रभु बैंक७.५७.५
स्टान्डर्ड चार्टर्ड बैंक७.३५७
राष्ट्रिय वाणिज्य बैंक७.३५७
नबिल बैंक७.७५७.२५
ग्लोबल आईएमई बैंक७.६७.६
सिद्धार्थ बैंक८७.५
प्राइम कमर्सियल बैंक७.४७.२५
कुमारी बैंक८.०१७.५१
सानिमा बैंक७.५१७.२५
हिमालयन बैंक८.१५७.५
नेपाल एसबीआई बैंक८.१७.०१
नेपाल इन्भेष्टमेन्ट बैंक८७
एनएमबी बैंक८.५७
सिटिजन्स बैंक८.२५७.७५