बिहीबार नेपालमा सुन तथा चाँदीको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले घटेर २ लाख ८५ हजार ६ सय रुपैयाँमा तोकिएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
पछिल्लो एक साताको अवधिमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। गत बिहीबार सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा हालसम्म आइपुग्दा कुल १६ हजार ७ सय रुपैयाँले घटेको छ।
यस्तै, चाँदीको मूल्य पनि बिहीबार घटेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १ सय रुपैयाँले घट्दै ४ हजार ८२० रुपैयाँमा झरेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो भने गत बिहीबार यसको मूल्य ५ हजार १० रुपैयाँ थियो।














