ज्ञानेन्द्र शाही भन्छन् : राम्रो काममा राप्रपा सरकारसँगै

Image

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाही ले सरकारले गर्ने सकारात्मक काममा आफ्नो पार्टीको सहयोग रहने बताएका छन्।

शपथ ग्रहणका लागि सिंहदरबार पुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै संसदमार्फत नै जनताको समस्या समाधान हुने अपेक्षा व्यक्त गरे।

‘पहिलाजस्तो मन्त्रीको गेटमा जान नपरोस्, संसदबाटै जनताको समस्याको समाधान होस्,’ उनले भने, ‘हामी सकारात्मक र राम्रो काममा सहयोग गरेरै अगाडि बढ्छौँ।’

उनले राप्रपा सधैं राष्ट्रको हितमा हुने कामको पक्षमा उभिने स्पष्ट पारेका छन्।