अर्थ मन्त्रालय ले एकैपटक ३० जना उपसचिवहरूको सरुवा गरेको छ। मन्त्रालयका अनुसार अर्थमा कार्यरत उपसचिवहरूलाई भन्सार विभाग, आन्तरिक राजस्व विभाग लगायत मातहतका विभिन्न निकायहरूमा सरुवा गरिएको हो।
यससँगै केही उपसचिवहरूलाई प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयहरूमा पनि पठाइएको मन्त्रालयले जनाएको छ।
डा. स्वर्णिम वाग्ले ले अर्थ मन्त्रालय सम्हालेपछि पहिलो पटक उपसचिवहरूको सरुवा गरिएको हो। मन्त्रालयका अनुसार प्रशासनिक कार्यक्षमता र सेवा प्रवाह सुधार गर्ने उद्देश्यले सरुवा गरिएको बताइएको छ।


















