सरसरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो, सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेल ले जानकारी दिएका छन्।
बैठकले संसद्को अधिवेशन आह्वान गर्ने निर्णयसँगै आगामी कानून निर्माण, नीति तथा योजनाहरूको छलफल र कार्यान्वयनको तयारीलाई पनि गति दिने अपेक्षा गरिएको छ।















