प्रहरीले गाली हानेर काठमाडौँबाट दुईजना भारतीय नागरिकलाई लागु औषधसहित पक्राउ गरेको छ।
गएराति लागु औषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गोली चलाएर दुईजना लागु औषध कारोबारीलाई पक्राउ गरेको हो। काठमाडौँको गौशाला-पिंगलास्थान क्षेत्रबाट उनीहरू पक्राउ परेका लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ। पक्राउ परेकाहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।
प्रहरीले उनीहरू सवार एउटा गाडी समेत नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।














