अनलाइन सट्टेबाजीमा संलग्न नौजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले ललितपुरको एक अपार्टमेन्टबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा तीनजना भारतीय र ६ जना नेपाली छन् । पक्राउ पर्ने भारतीयहरूमा चेतन यादव, आशिष शर्मा रौनक सिंह छन् । यसैगरी नेपालीहरूमा सुजन दवाडी, निरोज राना, आशिष रेग्मी, हार्दिक पोखरेल, सुरेश पराजुली र योगेन्द्र कुँवर छन् । उनीहरूले ललितपुरको हात्तिवनस्थित सिटी स्केप अपार्टमेन्टमा फ्ल्याट भाडामा लिएर सट्टेबाजी धन्दा चलाएका थिए ।
उनीहरूको साथबाट आठ ल्याप्टप, २४ मोबाइल र ३१ सिमकार्ड बरामद गरिएको छ । उनीहरूले सट्टेबाजबाट ३१ करोड २४ लाख ३४ हजार बढीको कारोबार गरेको खुलेको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको कार्यालयका एसपी मनोहरप्रसाद भट्टले जानकारी दिए ।














