नियमित गस्तीमा रहेको प्रहरी टोलीले ब्रहम्पुरी गाउँपालिका–४ बाट स्रोत नखुलेको नगद आठ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेमा कृष्णकुमार पासवान (२३) र शिवनारायण महतो (४१) रहेका छन्। उनीहरू क्रमशः चन्द्रनगर गाउँपालिका–४ र १ का बासिन्दा हुन्।
प्रहरीका अनुसार भारतबाट मोटरसाइकलमा नेपाल प्रवेश गरेका उनीहरूलाई शंका लागेर जाँच गर्दा शरीर खानतलासीका क्रममा नगद रकम बरामद गरिएको हो।
बरामद रकमको स्रोत खुलाउन नसकेपछि उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।













