रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

Image

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठक बोलाएको छ । सोमबार दिउँसो ३ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय बस्ने गरी बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

रास्वपाले केन्द्रीय सदस्यहरुलाई बैठकमा अनिवार्य उपस्थितिका लागि अनुरोध गरेको छ । सो पार्टीको सचिवालय बैठक आज साढे ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ ।

बैठकमा पार्टीको सांगठनिक विस्तार र महाधिवेशनको तयारीलाई लक्षित गर्दै ६ वटा मुख्य कार्यसूची (एजेन्डा) तय गरिएका छन्।