उदयपुरमा आगोमा जलेर २ जनाको मृत्यु

Image

उदयपुरको चौदण्डिगढी नगरपालिका–७ बेल्टार शान्ति चोकमा भएको आगलागीमा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्का छन् । आगोमा जलेर अस्मिता खड्का घाइते छिन् । उनको नगर अस्पताल बेल्टारमा उपचार भइरहेको छ ।

आज बिहान करिब पौने ३ बजेबाट लक्ष्मीनारायणको घरबाट आगलागी सुरु भएको थियो । आगोले लक्ष्मीनारायणसहित रबिन कुमार दास र सकलदेवको घर समेत जलेको छ । त्यतिबेला उनीहरु सुतिरहेका थिए ।

सुतिरहेको अवस्थामा आगलागीमा परी लक्ष्मीनारायण र पवन खड्का खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंले जानकारी दिए ।