नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३,८०० रुपैयाँले घटेको छ।
मूल्य घटेसँगै सुन आज तोलाको २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो भने सुनको मूल्य तोलाको २ लाख ९४ हजार ८०० रुपैयाँ थियो।
पछिल्ला दिनमा लगातार गिरावट देखिएको सुनको मूल्य आइतबार तोलामा १ हजार र सोमबार ३०० रुपैयाँले घटेको थियो। यससँगै तीन दिनको अवधिमा सुनको मूल्य तोलामा ५,१०० रुपैयाँले घटिसकेको छ।
यसैगरी, चाँदीको मूल्य पनि आज तोलामा १५० रुपैयाँले घट्दै ४ हजार ८८० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य तोलाको ५ हजार ३० रुपैयाँ थियो।
यसअघि गएको माघ १५ गते एकैदिन सुनको मूल्य तोलामा २० हजार ५०० रुपैयाँले बढ्दै ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।
त्यसैगरी चाँदीको मूल्य पनि सोही अवधिमा उल्लेख्य उतारचढाव देखिएको छ। माघ १५ गते चाँदी तोलाको ७ हजार ५०५ रुपैयाँ पुगेको थियो भने माघ १८ गते एकैदिन तोलामा १ हजार ५६५ रुपैयाँले घटेको थियो, जुन हालसम्मकै सबैभन्दा ठूलो गिरावट मानिएको छ।















