सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत विभिन्न निकायका ३० भन्दा बढी पदाधिकारीलाई पदमुक्त गरेको छ।
मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पशुपति क्षेत्र विकास कोष, नेपाल वायु सेवा निगम, सांस्कृतिक संस्थान, लुम्बिनी विकास कोष, नेपाल पर्यटन बोर्ड, नेपाल नागरिक उड्डयन प्राधिकरण र बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पदाधिकारीहरू पदमुक्त गरिएको जनाएको हो।
मन्त्रालयका अनुसार सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ को दफा (२) को उपदफा (१) बमोजिम मन्त्रिपरिषद्बाट नियुक्त भएका ती सबै पदाधिकारीहरूलाई पदमुक्त गरिएको हो।
सरकारको उक्त निर्णयसँगै पर्यटन तथा नागरिक उड्डयन क्षेत्रका विभिन्न निकायहरूमा नेतृत्व रिक्त भएको छ।















