प्रधानमन्त्री बालेन शाहले मंगलबार मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। बैठक दिउँसो ३ बजे बस्ने तय भएको हो।
बैठकले संघीय संसदको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिएका छन्।
यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले यसअघि सरकारले सिफारिस गरेका आठवटा अध्यादेश जारी गरिसकेका छन्। संवैधानिक परिषद्सम्बन्धी अध्यादेशसहित सबै आठै अध्यादेश जारी भएसँगै अब सरकार संसद अधिवेशन बोलाउने तयारीमा रहेको बताइएको छ।














