जबरजस्तीकरणीको आरोपमा जुम्लाका वडाध्यक्ष पक्राउ

Image

जुम्लाको पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्तबहादुर बुढा जबरजस्तीकरणीको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाले उनलाई बुधबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार एक महिलाले वडाध्यक्ष बुढाविरुद्ध पटक–पटक धम्की दिँदै जबरजस्तीकरणी गरेको आरोपसहित उजुरी दिएपछि अनुसन्धान अघि बढाइएको हो ।

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला अदालत जुम्लाबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको र प्रमाण संकलनको काम जारी रहेको जनाएको छ ।