बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

Image

आज पनि सुनचाँदीको मूल्य बढेको छ। गएका दुई दिनमा ७६ सय बढेको सुनको भाउ आज पनि तोलामा १३ सय रुपैयाँ बढेको हो।  १३ सय मूल्य बढेर सुनको भाउ आज तोलाको २ लाख ९९ हजार ९०० पुगेको छ। 

सुनको भाउ बिहीबार तोलामा १८ सय र बुधबार ५८ सय बढेको थियो। गएका तीन दिनमा सुनको भाउ तोलामा ८९ सय रुपैयाँ बढिसकेको छ।सुनको भाउ हिजो तोलाको २ लाख ९८ हजार ६ सय रुपैयाँ थियो।  त्यसैगरी चाँदीको भाउ पनि आज तोलामा १२० रुपैयाँ बढेर ५ हजार २७५ रुपैयाँ पुगेको छ।   हिजो चाँदीको भाउ तोलाको ५ हजार १५५ रुपैयाँ थियो। 

गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो। माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।