धनुषामा बस पल्टिँदा १७ जना घाइते, ओभरटेक गर्ने क्रममा दुर्घटना

Image

धनुषामा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ५२३७ नम्बरको बस आइतबार बिहान धनुषाको मिथिला नगरपालिका-९ स्थित फुटबल ग्राउन्ड नजिक पूर्व–पश्चिम राजमार्गमा दुर्घटनामा परेको हो ।

नेपाल प्रहरी का अनुसार अर्को बसलाई ओभरटेक गर्ने क्रममा बस अनियन्त्रित भई सडकमै पल्टिएको थियो ।

दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । घाइतेहरूलाई लालगढस्थित मोइल अस्पतालमा उपचारका लागि भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बसमा ३३ जना यात्रु सवार रहेको र अन्य यात्रु सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।