कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा कृष्णपुर नगरपालिका–१ का सन्दीप खड्काको बिहीबार मृत्यु भएको हो । से२त १४१८ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा गम्भीर घाइते भएका खड्काको महाकाली प्रादेशीक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमबहादुर शाहीले जानकारी दिए ।
त्यसैगरी कृष्णपुर नगरपालिका–४ खल्ला ढैयामा सर्पको टोकाइबाट एकजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सर्पको टोकाइबाट स्थानीय लिला लामिछाने घाइते भएकी हुन् । उनको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।















