प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।प्रधानमन्त्री शाहले मंगलबार अपरान्ह ४ बजेका लागि बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।बैठकको एजेन्डाबारे भने हालसम्म विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।















