प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।प्रि–बजेट छलफलका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले बैठकमा अनुपस्थित भएपछि सभामुख डोलप्रसाद अर्याल ले बैठक स्थगित गरेका हुन् ।
विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री तथा मन्त्रीहरू संसदप्रति जवाफदेही नभएको भन्दै लगातार आपत्ति जनाउँदै आएका थिए । यसैबीच सत्तारुढ दलकै सांसद अमरेशकुमार सिंहले २० वर्षको संसदीय इतिहासमा अर्थमन्त्रीको अनुपस्थितिमा प्रि–बजेट छलफल भएको पहिलो पटक भएको भन्दै गम्भीर प्रश्न उठाएका थिए ।
अर्थमन्त्री अनुपस्थित भएपछि उत्पन्न असहज परिस्थितिका कारण बैठक केही समयका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।















