१९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी आरोप, दुई जना पक्राउ, एक फरार

Image

१९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ भने एक जना फरार रहेका छन्।पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१० बनगाउँका २४ वर्षीय ओम चौधरी र २२ वर्षीय सुमन भन्ने राजेन्द्र चौधरी रहेका छन्।

प्रहरीका अनुसार सोही उपमहानगरपालिका–८ टिकरीका २४ वर्षीय राजेश चौधरीसहित तीन जनाले ती किशोरीमाथि जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो। उजुरीका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले ओम र राजेन्द्रलाई पक्राउ गरेको हो।

फरार रहेका राजेश चौधरीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।