भक्तपुर नगरपालिका–६ व्यासीस्थित सडकमा बसको ठक्करबाट एक बालकको ज्यान गएको छ।
कालिघाटबाट व्यासीतर्फ आउँदै गरेको बाप्र ०१–००४ क ०७०१ नम्बरको बसको ठक्करबाट पैदलयात्री भक्तपुर कालिघाट बस्ने उदयपुर घर भएका ७ वर्षीय रोमन विकको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
















