सुन–चाँदीको मूल्यमा फेरि उतारचढाव, आज तोलामा १ हजार ८ सय रुपैयाँले बढ्यो सुन

Image

नेपाली बजारमा सुन–चाँदीको मूल्यमा फेरि उतारचढाव देखिएको छ। हिजो तोलामा ३३ सय रुपैयाँले घटेको सुनको भाउ आज भने एकैदिन १८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुनको भाउ तोलामा १,८०० रुपैयाँले बढ्दै २ लाख ९२ हजार रुपैयाँमा पुगेको छ। यसअघि सोमबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ र मंगलबार ५ सय रुपैयाँले बढेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी तोलामा ९० रुपैयाँले बढेर ५ हजार ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

पछिल्ला दिनहरूमा सुन–चाँदीको बजारमा तीव्र उतारचढाव देखिएको छ। गएको माघ १५ गते एकैदिन तोलामा २० हजार ५०० रुपैयाँले बढेर सुनको मूल्य ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै सबैभन्दा उच्च मूल्य हो।