चीनको एक कोइलाखानीमा विस्फोट हुँदा ९० जनाको मृत्यु भएको छ। चीनको सरकारी सञ्चारमाध्यमका अनुसार शुक्रबार साँझ ७:२९ बजे (स्थानीय समय) कोइला खानीमा विस्फोट भएको हो।
जतिबेला खानीमा २४७ जना कामदार काम गरिरहेका थिए। घटनास्थलमा उद्धार जारी छ। चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले लेखेको छ, ‘सान्सी प्रान्तको तोङ्जाउ ग्रुपको खानीमा भएको ग्यास विस्फोटमा ९० जनाको मृत्यु भएको छ।’
दुर्घटनापछि चीनका राष्ट्रपति सी चिनफिङले घाइतेहरूको उपचार भइरहेको र बेपत्ताहरूको खोजी भइरहेको बताएका छन्। उनले दुर्घटनाको कारण अनुसन्धान गर्न निर्देशन दिएका छन्।















