जेनजी आन्दोलनमा पक्राउ परेकाहरूलाई रिहाइको माग गर्दै रास्वपाको पार्टी कार्यालयमा अभिभावकहरू धर्ना

Image

जेनजी आन्दोलनमा पक्राउ परेकाहरूलाई रिहाइको माग गर्दै सत्तारूढ रास्वपाको पार्टी कार्यालयमा अभिभावकहरू धर्ना बसेका छन् । एक महिनासम्म माइतीघरमा प्रर्दशन गर्दा सरकारले माग सम्बोधन नगरेको भन्दै उनीहरू आइतबारदेखि पार्टी कार्यालयमा धर्ना बसेका हुन् ।

पक्राउ परेकाहरूको अभिभावकहरू आफ्ना परिवारका सदस्यको रिहाइ माग गर्दै सडकमा उत्रिएको जेनजी अभियानी सरिस्मा थापाले जानकारी दिइन् । ु११ सय जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको थियो। ५१० जनालाई मुद्दा चलाइएको छ भनिएको छ । केहीलाई धरौटीमा छोडिएका छ,ु उनले भनिन्, ुमुद्दा नचलाइएकाहरूलाई पनि अभद्ध व्यवहारको कसूरमा थुनामा राखिराखेको छ ।ु

पक्राउ परेकाहरू नछुटेको भन्दै जेनजी आन्दोलन थुनुवा पीडित अभिभावक समिति नेपाल धर्नामा बसेको थियो । तर सरकारले वास्ता नगरेको भन्दै रास्वपाको पार्टी कार्यलय पुग्नु परेको उनले बताइन् ।