विरोधकैबीच पारित भयो प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन

Image


विपक्षी सांसदहरूको विरोधकैबीच ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३’ पारित भएको छ। सभामुख डोलप्रसाद अर्याल सो प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका हुन्।

समितिका सभापति गणेश पराजुलीले सो प्रतिवेदन पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।