प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

Image

प्रधानमन्त्री वालेन्द्र शाह ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज मध्याह्न १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारी कामकारबाहीसँग सम्बन्धित विषयमा छलफल हुने अपेक्षा गरिएको छ। यद्यपि, बैठकका एजेन्डाबारे औपचारिक रूपमा कुनै जानकारी सार्वजनिक गरिएको छैन।