उपत्यकामा एकै दिन २,२५६ सवारीचालक कारबाहीमा, पाँच लाख नजिक राजस्व संकलन

Image

उपत्यका ट्राफिक प्रहरी कार्यालयले शनिबार सवारी नियम उल्लङ्घन गर्ने २ हजार २५६ जना सवारीचालकलाई कारबाही गरेको छ। कारबाहीबाट राज्यकोषमा चार लाख ९१ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ।कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १५१ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १११ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १४२ जना तथा तीव्र गतिमा सवारी चलाउने २३० जनामाथि कारबाही गरिएको हो।

त्यसैगरी लेन अनुशासन पालना नगर्ने ३३ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १९३ जना, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ११७ जना तथा एकतर्फी सडकमा सवारी चलाउने ११८ जनालाई पनि कारबाही गरिएको छ।प्रहरीका अनुसार अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने एक हजार १६१ जना चालकसमेत कारबाहीको दायरामा परेका छन्।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक सुरक्षा, ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि नियमित रूपमा अनुगमन तथा कारबाही अभियान सञ्चालन गरिरहेको जनाएको छ। साथै सबै सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरिएको छ।