सानेपास्थित स्पा सेन्टर सञ्चालिका पक्राउ, नाबालिकालाई अनैतिक कार्यमा लगाएको आरोप

Image

ललितपुरको सानेपामा सञ्चालन हुँदै आएको एक स्पा सेन्टरकी सञ्चालिकालाई नाबालिकालाई प्रलोभनमा पारेर अनैतिक कार्यमा लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सानेपाको अरुणथापा चोकस्थित ‘शुकल्प स्पा एण्ड थेरापी’की सञ्चालिका सुमन थापा मगर भनिने सुमन कुमाल रहेकी छन्। उनलाई मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार कुमालले आफ्नो स्पा सेन्टरमा स्टाफका रूपमा कार्यरत एक नाबालिकालाई विभिन्न प्रलोभन देखाई तथा ललाईफकाई अनैतिक कार्यमा संलग्न गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।घटनाबारे सूचना प्राप्त भएपछि प्रहरीले स्पा सेन्टरमा पुगेर ती नाबालिकाको उद्धार गरेको थियो। साथै, सञ्चालिका कुमाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।

यस प्रकरणमा पक्राउ परेकी कुमालमाथि अनुसन्धानका लागि जिल्ला अदालत ललितपुरबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको बताएको छ।