शुक्रबार सुनको भाउ तोलामा ५ हजार ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९२ हजार रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ८६ हजार ७ सय रुपैयाँ थियो । एक साताको अवधिमा भने सुनको भाउ १७ हजार रुपैयाँ घटेको छ । गत शुक्रबार सुनको भाउ तोलामा ३ लाख ९ हजार रुपैयाँ थियो ।
त्यस्तै चाँदीको भाउ प्रतितोला आज १९० रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८४० रुपैयाँ पुगेको छ । यसअघि गत शुक्रबार चाँदी ५ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।














