नेपाली बजारमा सुनको मूल्य तोलामै पाँच हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार २०० रुपैयाँ पुगेको हो ।
आइतबार दुई लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा १२० रुपैयाँ बढेको छ । यससँगै चाँदी प्रतितोला पाँच हजार १५ रुपैयाँ तोकिएको छ । आइतबार चाँदी चार हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।














