दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रोल्पाबाट एक पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा थवाङ गाउँपालिका-४ थर्पु ठेगाना भएका ५५ वर्षीय धन प्रसाद पुन रहेका छन्।
उनले गाउँकै १५ वर्षीया किशोरी र उनकै ११ वर्षीया बहिनीलाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ।












