प्रतिनिधिसभा बैठक पुन: स्थगित भएको छ । आजका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो । भोलि (शनिबार) बिहान ११ बजे बस्नेगरी संसद् सचिवालयले बैठक बोलाएको थियो ।
योसहित प्रतिनिधिसभा बैठक लगातार तेस्रोपटक स्थगित भएको हो । संसद् सचिवालयले ‘विशेष कारण’ बैठक स्थगित गरिएको जानकारी गराएको छ ।















