कोटहीमाई गा.पा. ५ बेनिनगरबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको २० लाख ५० हजार रुपैयाँ बराबरका ३५ थान आईफोन र एउटा मोटरसाइकलसहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रुपन्देही, कोटहीमाई गा.पा. २ बस्ने ३६ वर्षीय पवन कुमार मुराव रहेका छन् ।
निजले चलाएको UP 53 DX 8838 नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा भारतबाट भन्सार छली ल्याइएका विभिन्न मोडेलका ३५ थान आईफोन बरामद गरिएको हो ।
बरामद आईफोनको अनुमानित मूल्य १९ लाख ७० हजार रुपैयाँ रहेको छ भने अनुमानित ८० हजार रुपैयाँ मूल्य बराबरको निजले चलाएको भारतीय मोटरसाइकलसमेत गरी जम्मा २० लाख ५० हजार रुपैयाँ बराबरको सामान बरामद गरिएको छ।
घटनामा आईफोन, मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।













