खामेनीको अन्त्येष्टि समारोहमा विशाल सहभागिता

Image


इरानको राजधानी तेहरानमा देशका पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिमा ठुलो संख्यामा मानिसहरू भेला भएका छन्। 

बीबीसी फारसी सेवाका अनुसार ठुलो भिडका कारण तेहरानको मोसल्ला मस्जिदको उत्तरी ढोका खोलिएका छन्।

इरानी अधिकारीहरूले इरान र इराकका विभिन्न सहरमा आयोजना ६ दिनसम्म चल्ने अन्त्येष्टि समारोहमा १ करोड ५० लाखदेखि २ करोड मानिस उपस्थित हुने अपेक्षा गरिएको बताएका छन्।

यसैबिच इराकी समाचार स्रोतले अली खामेनीको अन्त्येष्टिका लागि बुधबार देशको राजधानी बगदाद बन्द रहने बताएका छन्।

खमेनीको अन्त्येष्टि समारोह बिहीबार उनको गृहनगर मसहदमा समापन हुनेछ, जहाँ उनलाई अन्तिम बिदाइ गरिनेछ।

खामेनी र उनको परिवार गत फेब्रुअरी २८ मा अमेरिका-इजरायलको संयुक्त हवाई आक्रमणमा मारिएका थिए।