खामेनीको अन्त्येष्टिमा छोरा मोज्तबा सहभागी नहुने

Image

इरानका पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिमा उनका छोरा तथा वर्तमान सर्वोच्च नेता मोज्तबा खामेनी सहभागी नहुने भएका छन्। 

बीबीसीका अनुसार सर्वोच्च नेता खामेनीका प्रतिनिधिले सुरक्षालाई ध्यान दिएर उनी बुवाको अन्तिम संस्कारमा उपस्थित नहुने बताएका हुन्।

इजरायलबाट आक्रमण हुन सक्ने डरले मोज्तबालाई सुरक्षा एजेन्सीले अन्त्येष्टि समारोहमा नजानसल्लाह दिएका छन्। यद्यपि यसबारे थप आधिकारिक जानकारी अहिलेसम्म दिइएको छैन।

अमेरिका र इजरायलले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी मारेका इरानका तत्कालीन सर्वोच्च नेता खामेनीको बल्ल अन्त्येष्टि गर्न लागिएको हो। 

बीबीसी फारसीका अनुसार, अली खामेनीको अन्त्येष्टि समारोह यही जुलाई ४ देखि ८ सम्म तेहरान, कोम र मसहदमा आयोजना गरिनेछ। इराकका सहरहरू बगदाद, काजमिन, करबला र नजफमा पनि शोक सभा आयोजना गरिनेछ।

त्यसपछि खामेनीको शव जुलाई ९ मा मसहद सहरमा गाडिनेछ।