घुस लिएको मुद्दामा पनि सुनिल पौडेल दोषी ठहर

Image

विशेष अदालतले मंगलबार एकैदिन दुई ठूला भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई दोषी ठहर गरेको छ ।

गैरकानुनी सम्पत्तिआर्जनको एउटा मुद्दामा उनलाई साढे दुई वर्ष कैद सजाय भएको छ, भने घुससम्बन्धी अर्को मुद्दामा सजाय निर्धारण हुन बाँकी छ । दुवै मुद्दामा उनले साढे १५ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको ठहर भएको हो ।

यी दुवै मुद्दामा सुनिल पौडेलले सिंगापुरस्थित विभिन्न बैंकबाट आर्थिक कारोबार गरेका थिए । अख्तियारले पौडेलको घरबाट उपकरण बरामद गर्ने क्रममा सिंगापुरबाट कारोबार भएको विवरण खुलेको थियो । सिंगापुर बैंकमै रकम लुकाएको आरोपमा उनी गैरकानूनी सम्पत्तिआर्जनको मुद्दामा समेत दोषी ठहर भएका हुन् ।