रक्षामन्त्रीलाई हटाउने जेलेन्स्कीको कदमले युक्रेनमा विरोध प्रदर्शन

Image

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रक्षामन्त्री मिखाइलो फेडोरोभलाई अचानक पदबाट हटाएका छन् । यो निर्णयको नागरिक समाज र सांसदहरूले कडा विरोध गरेका छन् ।

बिहीबार बिहान राजधानी किएभ र अन्य सहरमा युवाहरू जम्मा भएर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले ‘फेडोरोभबाट टाढै रहो’ र‘जितमा बाधा पुर्‍याउन बन्द गर १’लेखिएका पोस्टर बोकेका थिए । उनीहरूले ‘लाज मान १’ भन्दै नाराबाजी पनि गरे ।

राष्ट्रपति जेलेन्स्कीले सुरक्षा सेवा ९एसबियु० का कार्यवाहक प्रमुख मेजर–जनरल येभेनी खमारालाई कार्यवाहक रक्षामन्त्री बनाउने प्रस्ताव गरेका छन् ।

जेलेन्स्कीले भने खमाराको बचाउ गर्दै उनले प्राविधिक युद्ध अभियानहरूमा व्यापक र धेरै मामिलामा अभूतपूर्व अनुभव हासिल गरेको जनाएका छन् ।