सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो तलाबाट हाम फालेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ। कञ्चनपुरको बेदकोट नगरपालिका-४ बगुनका २३ वर्षीय उत्तम कार्कीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेक बहादुर रावतका अनुसार शनिबार बिहान कार्कीले विश्वविद्यालयको दोस्रो तलाबाट हाम फालेका थिए।
गम्भीर घाइते भएका उनलाई महाकाली प्रादेशिक अस्पतालपछि धनगढीको माया मेट्रो अस्पताल पुर्याइएको थियो। टाउको र शरीरको भित्री भागमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा मृत्यु भएको हो।
बीएचमको प्रवेश परीक्षा दिएर बाहिरिएका कार्कीले लगत्तै हाम फालेका थिए।















