काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज (सोमबार) बिहानैदेखि वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६:१७ बजे दिएको जानकारीअनुसार पछिल्लो १ घण्टादेखि बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको छ।
अनि कोसी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।मौसम महाशाखाका अनुसार काठमाडौँ उपत्यकाका केही स्थानमा हल्का वर्षा भइरहेकोc।
यो क्रम केही समय जारी रहने सम्भावना रहेको छ।














