बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु भएको छ।
प्रहरीका अनुसार गत साउन १८ गते बिहान करिब ११:२० बजे इँटा भट्टाको पर्खाल अचानक भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको थियो। सोही दुर्घटनामा ४५ वर्षीय राम फेरन कोरी गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते कोरीको उपचारका क्रममा बुधबार बिहान ३:३० बजे अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि मृतक लोधको शव पोस्टमार्टम गरी परिवारको जिम्मा लगाइएको छ भने कोरीको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ।
इँटा भट्टाको पर्खाल कसरी भत्कियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।















