युके पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २६ वर्षीय रिजवान शेष रहेका छन् । उनले बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर युके पठाउने भन्दै एक जनाबाट ७ लाख ठगी गरी सम्पर्क विहीन भएका थिए ।
पीडितले दिएको उजुरीका आधारमा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले साउन १९ गते काठमाडौँ महानगरपालिका ३१ बाट पक्राउ गरेको थियो ।
हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।















