विमानस्थलमा लगेज छाडेर भाग्न खोज्दा दुई पक्राउ, भेटियो गाँजा

Image

थाइल्यान्डबाट आइपुगेका दुई जना भारतीय नागरिक गाँजासहित पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।

भारतीय नागरिक मंगलबार क्याथे प्यासिफिक एयरलाइन्सको उडानबाट थाइल्यान्डको बैंककबाट हङकङ हुँदै काठमाडौं आइपुगेका हुन्प न्जाबका सन्जिब कुमार र रवि कुमारले काठमाडौं आइपुगेपछि आगमन तर्फको भन्सार क्षेत्रमा उक्त लगेज छाडेर भाग्न लागेको बेलामा ब्युरोले पक्राउ गरेको एसपी दुर्गाराज रेग्मीले जानकारी दिए।

उनीहरूको लगेजभित्र १८ किलो गाँजा फेला परेको हो। प्रहरीले सोधपुछ गर्दा पक्राउबाट बच्नका लागि भागेको बयान दिएका छन्।

त्यस्तै उनीहरूले लगेज छाडेर जाने र केही दिन पछि एजेन्टमार्फत दाबी गरी लैजाने योजना बनाएको पनि खुलेको हो। घटनाको प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।