जाजरकोटमा अविरल वर्षापछि आएको बाढीले चार वटा घर र एउटा झोलुङ्गे पुल बगाएको छ।
जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एक झोलुङ्गे पुल बगाएको हो।
लगातारको वर्षापछि खोलामा आएको ठूलो बाढीले घर तथा पुलमा क्षति पुर्याएको स्थानीयले बताएका छन्। बाढीका कारण भेरी करिडोर सडकखण्डसमेत जोखिममा परेको छ।
वर्षा अझै नरोकिएकाले ताक्सुगाड खोलाको बहाव थप बढ्न सक्ने भन्दै स्थानीयले आसपासका बस्ती तथा सडक क्षेत्रमा जोखिम बढेको बताएका छन्। स्थानीय प्रशासन तथा सम्बन्धित निकायलाई सतर्क रहन आग्रह गरिएको छ।













