भारतको उत्तरपूर्वी राज्य अरुणाचलको दिबांग उपत्यका जिल्लाको पासु पानी क्षेत्रमा अचानक आएको बाढीमा भारतीय सेनाका पाँच जवान बेपत्ता भएका छन्।
दिबांग उपत्यकाका अतिरिक्त जिल्ला उपायुक्त जेली उम्पोले उनीहरू बेपत्ता भएको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ।
उनले भने, ‘घटना शुक्रबार साँझ ४:३० बजेतिरकै हो।’उम्पोका अनुसार यो क्षेत्र अन्तर्राष्ट्रिय सीमानजिक छ र अचानक आएको बाढीमा सेनाका जम्मा सात जना बगेका थिए। तीमध्ये दुई जनालाई भने उद्धार गरिएको छ।
बाँकी ५ जनाको खोजीमा जिल्ला प्रशासनसँगै सेना, एनडीआरएफ र एसडीआरएफ टोली खटिएका छन्। बेपत्ता सैनिक सबै सेनाको पाँचौँ ग्रेनेडियर्स बटालियनका हुन्। उनीहरू उपेन्द्र, कुन्दन, विनोद, आदित्य र समुण्डा हुन्।















