सुदूरपश्चिम भ्रमणमा रहेका पूर्वाधार विकास मन्त्री सुनिल लम्साल बिरामी परेका छन्। शनिबार दार्चुला पुगेर बैतडीको गोठालापानी पुगेका मन्त्री लम्साललाई भाइरल ज्वरो र रुघाको संक्रमण देखिएको हो।
भाइरलको संक्रमण देखिएपछि लम्साल गोठालापानीमै आराम गरिरहेका छन्।लम्सालको स्वास्थ्यमा समस्या देखिएपछि बिहान जिल्ला अस्पतालका एमडीजीपी डा. पविन उपाध्यायले उनको स्वास्थ्य चेकजाँच गरेका थिए ।
डा.उपाध्यायले मन्त्री लम्साललाई भाइरल ज्वरो र रुघाखोकीको सामान्य समस्या देखिएको जानकारी दिए।
उनलाई हेलिकप्टरमार्पत काठमाडौं ल्याउने तयारी छ। नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतअनुसार मन्त्री लम्साललाई लिन सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर बैतडीतर्फ उडेको छ।














